दफा ६९
कर्फ्यु उल्लङ्घन गर्न नहुने

(१) गैरकानूनी भेला वा हूलदङ्गा वा शान्ति भङ्ग हुने अन्य कुनै कामलाई रोक्न कानून बमोजिम अधिकार प्राप्तअधिकारीले दिएको कर्फ्यु आदेशलाई कसैले जानीजानी उल्लङ्घन गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वादुवै सजाय हुनेछ ।